धरान : डायनामिक यूथ क्लब, बीपी प्रतिष्ठानको आयोजनामा सम्पन्न दोस्रो अशोक स्मृति बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।

प्रतियोगिताको सेमिफाइनलमा व्रदर्स टिम र हाम्रो कलेक्सन सँगै तरहरा र यलम्वर बिहीबार भएको खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएका छन् । लिग कम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा व्रदर्स टिम र हाम्रो कलेक्सन भने आफ्नो पोलवाट शतप्रतिशत नतिजा निकाल्दै अघिल्लो दिन नै सेमिफाइनल प्रवेश गरेका थिए ।

बिहीबार भएको खेलमा भने तरहराले बेलबारीलाई ५३–२९, बिर्तामोडले मिराकललाई ४६–४०, हाम्रो कलेक्सनले युवा जागृतिलाई ६३–३३ र यलम्वरले आयोजक डायनामिक यूथ क्लबलाई ४६–४३ अङ्कले पराजित गरेका थिए ।

प्रतियोगिताको पाचौं दिनको पहिलाो खेलमा तरहरा र बेलबारीले प्रत्येक क्वाटरमा १६–४, ११–१२, १९–१० र १२–१३ र दोस्रोमा बिर्तामोड र मिराकलले ८–८, ११–१५, १०–११ र १७–६ अङ्क जोडेका थिए । त्यस्तै गरी तेस्रो क्वाटर फाइनल खेलमा हाम्रो कलेक्सन र युवा जागृतिले २१–६, १६–७, १४–१२ र १२–८ र चौथो खेलमा यलम्वर र आयोजक डायनामिकले १०–८, ११–१०, ४–१० र २१–१५ अङ्क जोडेका थिए । पहिलो खेलमा तरहराका अस्मिल राईले १८ व्यक्तिगत अङ्क दोस्रो खेलमा बिर्तामोडका जेनिस सिंहले १५, तेस्रो खेलमा हाम्रो कलेक्सनका विवेक श्रेष्ठले २० र चौथो खेलमा यलम्वरका दिवस राईले १८ व्यक्तिगत अङ्क जोडेका थिए ।

आज देखि सुरु हुने सेमिफाइनल खेल भने होम एण्ड अवेको आधारमा वेस्ट अफ थ्री खेलाइनेछ  । तिन खेलमा जुन टिमले दुई म्याच जित्नेछ सो टिम फाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलमा यलम्वर र व्रदर्स त्यस्तै गरी अर्को पोलमा हाम्रो कलेक्सन र तरहराले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्राविधिक सहयोग धरान र सुनसरी बास्केटबल सङ्घको रहेको छ । प्रतियोगिताको फाइनल खेल भने बीपी प्रतिष्ठानको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।