विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना सङ्क्रमण भएको छ। ३२२ जनाको पीसीआर परीक्षण गर्दा ७ र २५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसारका पाँचथरको याङवरकमा २, झापाको गौरादह, मोरङको उर्लाबारी, सुनसरीको इटहरी, तेहृथुमको म्याङ्लुङ र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १४ महिला र २० पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ८६५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।