लेटाङ : मोरङको लेटाङ नगरपालिका-८ कि १२ वर्षीय बालिकालाई जवर्जस्ति करणी गरी हत्या गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ लेटाङ-८ का ६४ वर्षीय दीपक गरी रहेका छन् । पक्राउ परेका गिरीको जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
गत फाल्गुन ११ गते बेलुकी अबेरसम्म पनि घर फर्की नआई पुगेकोले घर परिवारका सदस्यले सोही दिन इलाका प्रहरी कार्यालय लेटाङमा जानकारी गराए पश्चात् १३ गते बिहान खोज तलासमा खटिएको प्रहरी टोलीले निज बालिकाको घर देखि ३ किलो मिटर दक्षिण लेटाङ-८ लाल हिरा सामुदायिक बनमा बालिकाको शव ढुङ्गाले छोपी मृत अवस्थामा फेला परेको थियो भने गिरीको घर पछाडि रहेको खोल्सीमा स्कुलको लोगो रहेको बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटमहरू, फरकको खिपहरू खरानीको थुप्रोमा डढेको अवस्थामा र  नजिकै लाइटर समेत फेला पारेको थियो।
फाल्गुन ११ गते बेलुकी साढे ४ बजे  श्री जाँते उच्च माध्यमिक विद्यालयबाट छुट्टी भई लेटाङ-८ स्थित जङ्गलको बाटोमा घर फर्कँदै गरेको अवस्थामा गिरीले बालिकालाई एक्लै देखि पछ्याउँदै गई बिच जङ्गलमा पुगेपछि फकाई फुल्याई जङ्गल भित्रको छोटो बाटो जाँदा छिटो पुगिन्छ भनी केही पर लगी जबरजस्ती करणी गरी घाँटी थिची हत्या गरी नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी डुङ्गाले छोपेको अनुसन्धानबाट खुल्न आएको हो।
घटनामा संलग्न गरेका पक्राउ प्रतिवादी गिरीको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।