चतरा : वराहक्षेत्र नगरपालिकामा कपुरीकर्मी सङ्गम विष्ट सहित ३ जना पत्रकार सम्मानित भएका छन् । शुक्रवार वडा नं २ को कार्यालय र  चतरा अस्पतालको आयोजना भएको वराहक्षेत्र बडा नं २ लाई देशकै पहिलो स्वास्थ्य बिमा युक्त वडा घोषणा कार्यक्रममा पत्रकार विष्ट सहित सन्तोष गुप्ता र दीपक पुरीलाई सम्मान गरिएको थियो ।
पत्रकारिताको माध्यमबाट वडावासीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन भूमिका खेलेको भन्दै पत्रकारहरूलाई सम्मान पत्र सम्मानले सम्मानित गरिएको प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन डाक्टर अनिल गिरिले बताए ।  
पत्रकारहरूलाई स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य बिमा बोर्डका पूर्व कार्यकारी निर्देशक गुणराज लोहनी र वडाध्यक्ष हरिकृष्ण भट्टराईले संयुक्त रूपमा सम्मान   गरेका थिए।