इटहरी : वैशाख ३० गते निर्धारण भएको स्थानीय तहको निर्वाचन १ दिन पनि नसर्ने नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउन नमिल्ने भएकाले तोकिएकै समयमा निर्वाचन हुने बताएका हुन् । 
नेपाली काँग्रेसले चैत मसान्तसम्ममा उम्मेदवार तय गर्ने भएकाले अब निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । विराटनगर महानगर समितिले आयोजना गरेको वर्तमान परिस्थितिमा नेपाली काँग्रेसको भूमिका विषयक विचार गोष्ठीमामा बोल्दै उनले टोल टोलमा पुगेर जनतालाई भेट्न निर्देशन दिए । 
काँग्रेस नेतृत्वबाट विगतमा भएजस्तो गल्ती नदोहोर्‍याउने लागि परेको उनको भनाइ छ । डाक्टर शेखर कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी नेतृत्व काँग्रेस भित्रको एकता ल्याउन लागिपरेको प्रस्ट पारे ।