धरान : गत साता धरान-इटहरी सडक खण्ड अन्तर्गतको सेउती खोला दक्षिण क्षेत्रको जङ्गलमा यात्रुवाहक बस र स्कुटर जुध्दा घाइते भएका धरान-१३ का नहकुल आचार्यको मृत्यु भएको छ । 

एक साता अघि धरानबाट इटहरी तर्फ जाँदै गरेको ना ५ ख ६५४६ नम्बरको यात्रुवाहक बस र इटहरीबाट धरान तर्फ आउँदै गरेको को ३६ प १०२७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा बस सडक किनारामा पल्टिन पुगेको थियो । 

सो दुर्घटनामा परि स्कुटर चालक धरान-१३ बस्ने वर्ष ५७ का नहकुल आचार्य गम्भीर घाइते भएका थिए । 

उनको विराट नर्सिङ होममा उपचार भइरहेकोमा गए राती उनको मृत्यु भएको धरान-१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिए । मृतक आचार्य धरान-१३ अनाम टोल निवासी हुन् ।