इटहरी  : मोरङको सुन्दरहरैँचा-७ की १८ महिनाकी बालीका बलात्कार गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । शुक्रवार साँझ झाडीमा अचेत अवस्थामा भेटिएकी बालीकाको बलात्कार भएको भन्दै प्रहरीले दुई युवालाई पक्राउ गरेको हो । 
२७ गते साँझ अचेत अवस्थामा भेटिएकी बालीकाको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा निधन भएको थियो । त्यसपछि फोरेन्सीक ल्याबको रिपोर्ट अनुसार बालीकाको बलात्कार भएको पत्ता लागेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवीन राज राईका अनुसार घटनापछि प्रहरीले सूक्ष्म अनुसन्धान गरेर आरोपी पत्ता लगाएको हो । प्रारम्भिक अनुसन्धानमा युवाहरू लागुऔसध दुर्व्यसनीमा लागेको हुनसक्ने उनले बताए ।    पक्राउ पर्नेहरूमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् ।