धरान : मुक्तिनाथ विकास बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत धरान-१४, पञ्चकन्या पथ स्थित ऋषिकुल विद्यापीठ गुरुकुललाई २ थान कम्प्युटर सहयोग गरेको छ। 
बैङ्कले ऋषिकुल विद्यापीठ गुरुकुललाई लागि एक कार्यक्रम बिच २ थान कम्प्युटर हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैङ्कका तर्फबाट इटहरी क्षेत्रीय प्रमुख मनोज बिस्ट, धरान शाखाका प्रबन्धक दिपेन खवास भुजेल र अन्य कर्मचारीहरूको उपस्थिति तथा श्री ऋषिकुल विद्यापीठ गुरुकुलको तर्फबाट  अध्यक्ष  श्री गौरी शङ्कर अग्रवाल, संरक्षक पं. पुरुषोत्तम भट्टराई, प्रधानाध्यापक प्रभाव भट्टराई र अन्य आधिकारिक सदस्यहरूको उपस्थिति रहेको थियो । 
यस सहयोगबाट गुरुकुलमा पढ्न आउने विद्यार्थीहरूको शिक्षा तथा व्यवस्थापनका कार्यहरूमा मद्दत पुग्ने विश्वास लिएको धरान शाखाका प्रबन्धक दिपेन खवास भुजेलले जानकारी दिए । मुक्तिनाथ विकास बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोग र कार्यक्रमबाट सेवा क्षेत्रका नागरिक र बालबालिकाहरूको हितमा काम हुने विश्वास लिएको छ।