सुनसरी : मुक्तिनाथ विकास बैङ्कले १५ औँ वर्ष पार गर्दै १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको छ।
सोही अवसरमा शाखा कार्यालय इटहरीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत माया घर नेपाल” इटहरीलाई खाद्यान्न सामग्री तथा औषधि सहयोग गरेको छ। त्यसैगरी बैङ्कले २०७८ पौष १९ गते डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ।
उक्त बैङ्कले प्रदेश १ मा ४ वटा, प्रदेश २ मा ५ वटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा, लुम्बिनी प्रदेशमा ५ वटा र सुदूरपश्चिम प्रदेशमा ३ वटा शाखा कार्यालयहरूको औपचारिक रूपमा शाखा समुद्घाटन गरेको हो। हाल मुक्तिनाथ विकास बैङ्कको १६६ वटा शाखा रहेको छ।
साथै बैङ्कले डिजिटल कारोबार प्रोत्साहन गर्न यस विकास बैङ्कको एटिएम कार्ड प्रयोग गरी नेपाल भरी रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैङ्कको एटिएम मसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
त्यसैगरी मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा, जस्ता सेवाहरू बैङ्कको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था समेत गरेको छ ।









































































