धरान : सप्तकोशी नदीमा हाम फालेका विराटनगर महानगरपालिका-८ का ६८ वर्षीय बुनई यादवको प्रहरीले जीवितै उद्धार गरेको छ । 

बुधवार राती सवा ८ बजेको समयमा यादव नदीमा हाम फालेका थिए । नदीमा एक जना हाम फालेको जानकारी पाए लगत्तै तत्काल प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले यादवको जीवितै उद्धार गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।