धरान : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि म्यादी प्रहरी छनौट प्रक्रिया सुनसरीमा धमाधम भइरहेको छ ।

म्यादी प्रहरीका लागि आवेदन दिएकाहरूको शारीरिक तन्दुरुस्ती परीक्षा चैत्र १५ गते देखि सुरु भएको हो। सुनसरी जिल्लाका लागि २ हजार १ सय ४३ जना म्यादी प्रहरी माग गरिएको मा ७ हजार ८ सय ५८ जनाले म्यादी प्रहरी भर्नामा आवेदन दिएका छन् ।

शारीरिक तन्दुरुस्ती परीक्षणका लागि उचाइ, तौल साथै दौड, सेटप र पुसप लगायतका प्रारम्भिक स्वास्थ्य परीक्षण भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सन्जयसिंह थापाले बताए । म्यादी प्रहरीमा १७ सय ५३ जना महिलाले आवेदन दिएका छन् । १८ देखि ५४ वर्ष उमेर समूहका नेपाली नागरिकले म्यादी प्रहरी हुन पाउने बताइए अनुसार सुनसरी जिल्लामा ७ हजार ८ सय ५८ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

Meyadi-Police-2स्वास्थ्य तन्दुरुस्ती परीक्षणमा सफल उम्मेदवारलाई चैत्र २२ गते लिखित परीक्षा लिइने छ । लिखितमा सफल हुने उम्मेदवारलाई मौखिक अन्तर्वार्ता हुने छ । स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल इनरुवाको चिकित्सकको टोलीले सहयोग गरिरहेको एसपी थापाले बताए । अन्तिममा छनौट सफल भएका उम्मेदवारको अन्तिम नतिजा प्रकाशन हुने र चैत्र २८ बाट म्यादी प्रहरीको तालिम सुरु हुनेछ । Meyadi-Police-4म्यादी प्रहरीको कार्यकाल ४० दिनको हुने छ । म्यादी प्रहरीको जम्मा तलब ३० हजार २ सय ४० रुपैयाँ, खाद्यान्न बापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्ने गरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध हुनेछ ।

निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन जान तयारी स्वरूप प्रति म्यादी प्रहरी (एक पटकका लागि) एक हजार रुपैयाँ उपलब्ध हुने छ  । बिमा लगायतका अन्य सुविधा नेपाल सरकारले तोकेअनुसार हुने बताइएको छ । Meyadi-Police-3