इटहरी : 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी सुनसरीमा जारी बाह्रौँ संस्करणको अन्ताराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।  
इटहरी रङ्गशालामा आज भएको दोस्रो क्वाटर फाइनल खेलमा मनाङ मर्स्याङ्दीले  पाहुना टोली कञ्चनजंगा फुटबल क्लब भारतलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । मनाङका लागि म्यान अफ द म्याच अफिज ओलावालेले दुई गोल गरे । पहिलो गोल १६ औ मिनेटमा गरेका ओलावालेले दोस्रो गोल ७८ औ मिनेटमा गरेका थिए ।  
भोलि सोमबारको खेल रोलिंग क्लब झापा र अफ्रिकन टिम एभिनियर फुटबल क्लब क्यामरुन बिच हुने आयोजकले जनाएको छ । यसअघि हिजो भएको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मीले आयोजक राष्ट्रिय जागृति क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। 
चैत्र २६ गतेसम्म हुने प्रतियोगितामा दुई विदेशी सहित ८ टिमले सहभागी जनाएका छन् । प्रतियोगिताको विजेताले सात लाख पाउनेछन् भने उपविजेताले तीन लाख पचास हजार पाउनेछ ।