धरान : धरान रन समूहले दसौँ धरान रन नेवा च्यारेटी १० किमी २०७८ को आयव्यय सार्वजनिक गरेको छ।

आज धरान रन समूहको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आय व्यय सार्वजनिक गरेको हो। भर्खरै सम्पन्न भएको धरान रनबाट सम्पूर्ण खर्च कटौती गरी २ लाख ३७ हजार ९ सय ७५ रुपैयाँ फाइदा भएको धरान रन समूहका अध्यक्ष रमु राईले जानकारी दिएका छन् ।

फाइदा आएको रकमबाट विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग गरिने धरान रनले जनाएको छ। शनिवार धरान रनको कार्यालयमा १२ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण समेत गरिएको छ। नेवा एजुकेसन फण्ड मार्फत उनीहरूलाई सहयोग गरिएको अध्यक्ष राईले जानकारी दिए ।

नानी तामाङ, रेविका बोगटी, लाक्पा छिरिङ शेर्पा, तारा कार्की, समर्पण राई, मनिता घतानी, नेहाम कार्की, उषा राई, अनु राई, नमुना कठैत, तोहिब अन्सारी र निर्मल थापा मगरलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो। उनीहरूलाई कपि, डटपेन, ट्र्याक सुट, छाता लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो । 

धरान रन समूहले धरान रनका आयोजना गरी आएको फाइदाबाट १२ लाखको अक्षय कोष निर्माण गरेको र सोही कोषबाट आउने ब्याजबाट शैक्षिक क्षेत्रमा सहयोग गरिँदै आएको पनि धरान रनका अध्यक्ष रमु राईले बताए ।

Dharan-Run-1