झापा : झापाको दक्षिणी गाउँपालिका गौरीगञ्जका उपाध्यक्ष दीपेन्द्र थापाले पदबाट राजीनामा दिएका छन्। उनले गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ समक्ष लिखित राजीनामा बुझाएका छन् । 
राजीनामा पत्र मा उनले झापा जिल्लाको गौरीगञ्ज गाउँपालिकामा २०७२ सालको संविधान अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक गए पश्चात् सो व्यवस्थाको कार्यान्वयन गर्नका लागि मुलुकमा २०७४ साल असार १४ गते प्रथम स्थानीय तहको निर्वाचनमा सोही सालको असार २३ गतेको अन्तिम परिणाम पश्चात् निर्वाचन आयोग समक्ष मिति २०७४/०३/२६ गते शपथग्रहण गरी यस पालिकाको उपाध्यक्ष पदमा रही हालसम्म निरन्तर कार्य गर्दै आएकोमा हाल आएर २०७९ साल वैशाख ३० गते नेपाल सरकारले निर्वाचन आयोगको कार्यपालिका अनुसार निर्वाचनको मिति समेत तोकेको कारणले गर्दा २०७८ चैत्र ३० गते देखी कार्यालयमा उपस्थित नहुने गरी यो राजीनामा सम्मानित अध्यक्ष समक्ष पेस गर्दछु भनी उल्लेख गरेका छन्।
थापा आसन्न वैशाख ३० को निर्वाचनमा गाउँपालिका प्रमुखमा उठ्ने तयारी समेत गरिरहेको उनी निकट श्रोतले बताएको छ । त्यसैको तयारीका निम्ति थापाले राजीनामा दिएको हुन सक्ने बुझिएको छ।