धरान : धरानमा जारी वडास्तरीय 'मेयर कप बास्केटबल' प्रतियोगितामा धरान-१५ ले जित निकाल्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको छ।
आज सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा धरान वडा नं १५ ले धरान-८ लाई ६० का विरुद्ध ६८ स्कोर गर्दै जित हासिल गरेको हो । धरान-१५ ले प्रत्येक क्वाटरमा १९-१४-१७-१८ अङ्क जोड्दा धरान-८ ले १७-१४-१३-१६ अङ्क मात्र जोड्न सफल भयो । खेलमा सर्वाधिक २० स्कोर गर्दै खेलका म्यान अफ म्याच धरान-१५ का शिशिर राई घोषित भए उनले नगर एक हजार र मेडल प्राप्त गरे ।
भोलि हुने दोस्रो सेमिफाइनल खेल धरान १७ र धरान १८ बिच दिनको ३ बजे हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको विजेताले ट्रफि, मेडल सहित नगद पचास हजार पाउने छ भने उपविजेताले ट्रफि, मेडल सहित पच्चिस हजार पाउने छ। प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुने आयोजकले जानकारी दिएको छ।