धरान : धरानमा जारी वडास्तरीय 'मेयर कप बास्केटबल' प्रतियोगितामा आज भएको दोस्रो सेमिफाइनल खेलमा धरान-१७ विजेता बन्दै फाइनलमा प्रवेश गरेको छ।
धरान-१७ ले धरान-१८ लाई हराउँदै फाइनलमा धरान-१५ सँग आफ्नो भेट पक्का गरेको छ। आज सम्पन्न भएको सेमिफाइनल खेलमा धरान वडा नं १७ ले धरान वडा नं १८ लाई ३२ का विरुद्ध ५० स्कोर गर्दै जित हासिल गरेको छ। 
धरान-१७ ले खेलको प्रत्येक क्वाटरमा १३-१५-१५-८ अङ्क जोड्दा धरान १८ ले ८-३-८-१३ अङ्क मात्र जोड्न सफल भयो । खेलमा समान १०/१० स्कोर धरान-१७ का कबिन मगर र सुजन राईले गरे । खेलका म्यान अफ म्याच धरान-१७ का रिखिधन राई घोषित भए उनले नगर एक हजार र मेडल प्राप्त गरे । 
भोलि हुने प्रतियोगिताको फाइनल खेल धरान-१७ का विरुद्ध धरान-१५ बिच दिनको २ बजे हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको विजेता टिमले ट्रफि, मेडल सहित नगद पचास हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले ट्रफि, मेडल सहित पच्चिस हजारमा पाउने आयोजकले जानकारी दिएको छ।