धरान : इटहरीका लागि सुजुकी कारको आधिकारिक विक्रेता एब्सुल्युट अटोले वैशाख ११ गते देखी १६ गते सम्म एक्सचेन्ज क्याम्प आयोजना गरेको छ। ग्राहकको माग र सुविधालाई ध्यानमा राखेर एक्सचेन्ज क्याम्प आयोजना गरेको सोरुम म्यानेजर कुशल लामिछानेले जानकारी दिए। 
आफ्नै सोरुम परिसरमा आयोजना गरिएको एक्सचेन्ज क्याम्पमा टेस्ट ड्राइभ गरेर आकर्षक उपहार प्राप्त गर्न सकिने उनले जानकारी दिए । एक्सचेन्ज क्याम्पमा नयाँ वर्षका लागि आकर्षक ग्राहक अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस,१ वर्षको सवारी बिमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजार सम्म अतिरिक्त छुट  पाउन सकिने जानकारी दिए। 
सोरुमले सुजुकीका विभिन्न मोडेलहरूका कारहरू बमोजिम फरक फरक हिसाबका छुटहरू प्रदान गर्ने साथै  एस्प्रेसो, वागेन आर्, सेलेरिओ, स्विफ्ठ्, ब्रेज्जा, इको, इको कार्गो र सुपर क्यारी मोडेलहरू विक्री वितरण गर्दै आएको छ।