धरान : धरानमा जारी मेयर कप वडा स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि धरान-१७ ले जितेको छ । 

आइतबार भएको फाइनल खेलमा धरान-१७ ले धरान-१५ लाई ७६ का विरुद्ध ७९ स्कोर गर्दै जित हासिल गरेको हो । हराईजन क्लबको खेल मैदानमा धरान-१७ ले प्रत्येक क्वाटर १०–२९–१५–२५ जोड्दा धरान १५ ले भने  १७–१२–२५–२२ अङ्क मात्र जोड्न सफल भयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी धरान-१७ का कबिन मगर घोषित भए, उनले फाइनल खेलमा व्यक्तिगत ३५ स्कोर गर्न सफल भए । सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै टर्फी र नगद रु ५००० पनि प्राप्त गरे । फाइनल खेलको म्यान अफ द म्याचको उपाधि भने धरान-१५ का सन्तोष तामाडले प्राप्त गरे । यसका साथै उनले नगद १००० र मेडल प्राप्त गरे ।

प्रतियोगिताकै उदयीमान खेलाडी घोषित हुँदै धरान-१७ का सबिन राईले ट्रफी र ३००० प्राप्त गरे । प्रतियोगिताको विजेता धरान-१७ ले पचास हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्‍यो भने उप विजेता धरान-१५ ले ट्रफि मेडल सहित पच्चिस हजारमै चित्त बुझाएको छ ।

यस प्रतियोगिताको आयोजना धरान उपमहानगरपालिकाले गरेको थियो भने विशेष सहयोग सियोन स्कुल र व्यवस्थापन भने हराईजन क्लब धरानले गरेको थियो ।