धरान : निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते  मनोनयन पत्र दर्ताको कार्यपालिका तोकेको छ।
यसै अनुरूप आज बिहान १० बजे नेकपा एमाले धरानका सम्पूर्ण जनप्रतिनिधिहरू विशेष तामझामका साथ धरान स्थित निर्वाचन आयोगको कार्यालय जाँदैछन्। 
आज एमालेले आफ्नो मेयर र उपमेयर सहित  १०२ जना जनप्रतिनिधिहरूको मनोनयन दर्ता गर्न गहिरहेको छ। 
निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ-आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको थियो। 
आज बिहान १० बजे देखि अपराह्न २ बजे सम्म एमालेले आफ्नो सम्पूर्ण जनप्रतिनिधिहरूको मनोनयन दर्ता गरिसक्ने छ भने २ बजे देखि ५ बजे सम्म गठबन्धनले उम्मेदवारको मनोनयन दर्ता गरिसक्ने छ।
आज उमेदवारहरुको मनोनयन दर्ता गर्ने अन्तिम दिन हो। आज साँझ ५ बजे सम्म उमेदवारहरुले आफ्नो मनोनयन दर्ता गरिसक्नुपर्ने छ। आयोगले वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरेको थियो।
मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची आजै  प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको आगामी कार्यपालिका रहेको छ।