धरान  : नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका १२ वटै पालिकामा प्रचारप्रसारका लागि जिम्मेवारी दिएको छ। 
युनियन जिल्लाको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारका लागि जिम्मेवारी दिएको हो । युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार नेपाली काँग्रेसलाई निर्वाचनमा विजयी गराउनका लागि जिम्मेवारी दिइएको हो । 
जसअन्तर्गत इटहरीमा विनय बाह्रकोटी, धरानमा मात्रिका प्रसाद नेपाल, वराहक्षेत्रमा सङ्गम विष्ट, रामधुनीमा विनोद आचार्य, दुहबी, बर्जु, र गढीमा आशिष यादव, इनरुवा, भोक्राहा-नरसिंह, कोसी, देवानगञ्ज र हरिनगरमा मिकाइल आलम संयोजक रहने गरी जिम्मेवारी दिइएको हो । उनीहरूले आवश्यकता अनुसार समिति विस्तार गरी प्रचारप्रसार गर्ने युनियन सुनसरीका सचिव विवेक भट्टराईले जानकारी दिए । 

नेपाली काँग्रेस जिल्ला कार्यसमितिले गर्ने प्रचारप्रसार तथा पालिका तहको प्रचारप्रसारका कार्यहरू गर्नका लागि उनीहरूलाई जिम्मेवारी दिइएको बताइएको छ ।