धरान : नेकपा एमालेबाट उप प्रमुखका उम्मेदवार पदम इस्वो लिम्बुले अब मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको बताएका छन् । 
मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको र त्यसको सुरुवात मजदुर परिचयपत्रबाट गर्ने पनि बताएका छन्। मजदुर दिवसको अवसरमा धरानको भानुुचौकमा आयोजित कार्यक्रममा बोल्दै उनले अब एमालेले मजदुरलाई मालिक बनाउन सहुलियत दिने कार्यक्रम तयारी गर्न थालिएको पनि बताएका छन्। 
धरानका ट्याम्पो मजदुरको दोहोरो कर हटाउने प्रतिबद्धता पनि उनले जनाएका छन् । धरान उपमहानगरपालिकामा एमालेको नेतृत्व हुँदा कर घटाउँदा पनि बढायो भनेर भ्रम छरिएको बताउँदै उनले अब मजदुरले दोहोरो कर हटाएर वर्षमा एक पटक मात्र तिर्दा पुुग्नेगरि व्यवस्था गर्ने बताए। 
उनले धरानका ठाउँ ठाउँमा मजदुरलाई नुहाउने घरको व्यवस्था गर्न आफ्नो पहल हुने बताए । उनले धरानमा पानीको अभाव नभएको तर अहिलेका नगर प्रमुखले नियोजित रूपमा पानी वितरणमा अवरोध खडा गरेको पनि बताए।