चतरा : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वराहक्षेत्र नगरपालिकाको मेयर पदको उम्मेदवार रमेश कार्कीले विजयी भए पछि नगरपालिकाबाट तलब भत्ता नलिने  घोषणा गरेका छन् । आफ्नो छोराछोरी र परिवारलाई दैनिक जीविकोपार्जन गर्न पैतृक सम्पत्ति रहेकाले कुनै तलब भत्ता नलिने उनले सार्वजनिक घोषणा गरेका हुन् ।
उनले नगरपालिकामा भएको नीतिगत भ्रष्ट्राचार बाहिर ल्याउने उद्घोष गर्दै नेकपा एमाले निर्वाचनको मुखमा वराहक्षेत्रवासीलाई पत्रपत्रिका विज्ञापन लगाएर विकास गरेको देखाएर जनताको आँखामा भ्रम फैलाउन खोजेको आरोप लगाए।
एमालेले वराहक्षेत्रलाई प्रयोग साला बनाएको आरोप लगाए। उनले वराहक्षेत्रका जनतालाई परिवर्तनको पक्षमा उभिन आग्रह गर्दै विकासकालागि तपाइहरूको सारथि बनी मौका दिन उनले आग्रह समेत गरे।