धरान : धरानको नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले वैशाख २४ गते आफ्नो वार्षिक उत्सव मनाएको छ । सोही अवसरमा विद्यालयको अन्तिम रिजल्ट प्रकाशन गर्नुका साथै विभिन्न पुरस्कारहरू पनि वितरण गरिएको थियो ।
शान्त शैक्षिक वातावरण, विधार्थीहरुको व्यक्तित्व विकासका लागि विधार्थीहरुको विभिन्न ७ वटा इन्ट्रेस्ट क्लबको अभ्यास, आइटीमय शैक्षिक वातावरण, विद्यार्थीका लागि पोषक विज्ञको परामर्शमा आफ्नै क्याटिन, विद्यार्थीहरूका लागि अनिवार्य सेल्फ डिफेन्स ट्रेनीङको अभ्यास गरिरहेको स्कुलले आफ्नो सर्पोट क्लबका विद्यार्थीहरू मार्फत उसु विधामा ३ वटा प्रदर्शनी गरेको थियो । डान्स एण्ड म्युजिक क्लब मार्फत ५ वटा नृत्य प्रस्तुत गरेको थियो । आर्ट एण्ड ड्रामा क्लब मार्फत एउटा पर्यावरण सम्बन्धी सर्ट ड्रामा प्रस्तुत गरेको थियो । फेसन एण्ड मोडलिङ क्लबका विद्यार्थी मार्फत फेसन र मोडलिङ सम्बन्धी  दुई वटा प्रदर्शनी गरेको थियो ।  यसमा कक्षा ११ र १२ विद्यार्थीहरू कौशिला राई, कञ्चन ल्वागुन, शीतल याक्खाले बेग्लै नृत्य प्रस्तुत गरेका थिए । 
उक्त समारोहमा ए प्लस र ए ग्रेड ल्याउने प्रत्येक कक्षाका विधार्थीहरुलाई गोल्ड मेडल प्रदान गरिएको थियो । मन्टेश्वरी लेभलका विधार्थीहरुलाई बेस्ट स्टुडेन्ट २०७८ मन्टेश्वरी लेभल अलस्टार लिम्बु र द मस्ट इन्टलिङ किड अफ द यियर २०७८ एज्रा सुनुवारलाई प्रदान गरिएको थियो । सोही अवसरमा मन्टेश्वरी लेभल पुरा गरेका बालबालिकाहरूलाई कन्भोकेसन पनि गरिएको थियो । यसमा मन्टेश्वरी डिपार्टमेन्ट प्रमुख शिखा लिम्बुले गर्न मन्टेश्वरी भएको थियो । इलिमेन्टरी लेभलका विद्यार्थीहरू मध्ये बेस्ट स्टुडेन्ट २०७८ इलिमेन्टरी  लेभल प्रमिश लिम्बुलाई प्रदान गरिएको थियो । सेकेन्डरी लेभलका विधार्थीहरुलाई बेस्ट स्टुडेन्ट २०७८ सेकेन्डरी लेभल कञ्चन ल्वागुनलाई प्रदान गरिएको थियो । टपर अफ द यियर २०७८ रविना राईलाई गरिएको थियो । 
त्यसै गरी स्टुडेन्ट अफ द यियर २०७८ लावेन जि.मी.ले हात पारेका थिए । सोही अवसरमा स्टाफ अफ द यियर २०७८ निशा राईलाई दिइएको थियो । शिक्षण तर्फ शिक्षिका नविना लिम्बुलाई टिचिङ स्टाफ अफ द यियर २०७८ प्रदान गरिएको थियो । अभिभावक शिक्षालाई अझ प्रभावकारी बनाउँदै लान अभिभावक मध्य सृजना अधिकारीलाई  गार्जियन अफ द यियर २०७८ प्रदान गरिएको थियो । कायक्रममा इन्जिनियरिङ क्याम्पसका सहायक क्याम्पस प्रमुख अनु श्रेष्ठ, स्कुलका पोषण परामर्शदाता पोषक विज्ञ ओमकरेश्वर अधिकारी, केन्द्रीय प्रविधि क्याम्पसका सह प्राध्यापक नवीन गौतम आदिले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने अधिकांशले शिक्षामा नेशनल एकेडेमीले ल्याएको नवीनतम सोच तथा अभ्यासले समाजमा परिवर्तन ल्याउने चर्चा गरेका थिए । कार्यक्रममा स्कुलमा भाइस प्रिन्सिपल ममता लिम्बुले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रिन्सिपल श्रीसीसा राईले स्कुल शिक्षण उद्देश्यको बारेमा, स्कुलका कार्यकारी अध्यक्ष तथा सिइओ देव सुब्बाले स्कुलको नीति तथा कार्यक्रमका बारेमा, स्कुलका अध्यक्ष श्रीमती समुद्र राईले कार्यक्रमको बारेमा बोलेका थिए ।
कार्यक्रम सञ्चालन स्कुलका फेसन एण्ड मोडलिङ क्लबमा रेगुलर रिर्सोस ब्यत्ति तथा मिस नेपाल आइडियन २०१८ विजेता मेरिना तुम्सा र स्कुलका पब्लिक स्पिकिङ क्लबका सदस्य कञ्चन ल्वागुनले संयुक्त रूपमा सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विद्यार्थी क्लबका प्रशिक्षक तथा रिर्सोस पर्सनहरु राजेन्द्र राई, रोहित लिम्बु, मनिसा लिम्बु गल्र्स होस्टलेका ब्यबस्थापक, बोइज होस्टलेका ब्याबस्थापक, शिक्षक शिक्षिका, कर्मचारी, अभिभावक, विद्यार्थी आदिको उपस्थिति रहेको थियो । सोही सन्दर्भमा कक्षा १२ का विधार्थीहरुलाई बिदाइ गरिएको थियो ।
National-annual-fincrion
national-annual-function-2