धरान : स्थानीय तह निर्वाचनको आज विशेष दिन । आफूले चाहेको रोजेको उम्मेदवार छानेर आफ्नो ठाउको विकास र समृद्धि गर्ने उम्मेदवारलाई मत दिएर छान्ने दिन हो ।

केही दिन अघि विभिन्न राजनीतिक दलहरूले घरदैलो गरेर मत मागे पछि आज मतदानका लागि सर्वसाधारण आ आफ्नो तोकिएको मतदान स्थलमा बिहानै देखि लाइनमा बसेका छन् । हरेक ५ वर्षमा हुने निर्वाचनका लागि सर्वसाधारणको बाक्लो उपस्थितिले धरानमा मतदाताहरूको उत्साह पूर्ण उपस्थिति रहेको देख्न पाइन्छ । 

पुर्वमन्त्री मीन विश्वकर्माले सदन स्कुलबाट गरे मतदान 

पूर्व बणिज्य तथा आपूर्ति मन्त्री तथा नेपाली काँग्रेसका सङ्घीय सांसद मीन विश्वकर्माले धरान १५ स्थित सदन स्कुलको मतदान केन्द्रबाट मतदान गरेका छन् । 

यसै गरी नेपाली काँग्रेस १ नम्बर प्रदेशका महामन्त्री उमेश थापाले पनि सदन स्कुलबाटै मतदान गरेका छन् । 

Min-Bk 1Mukesh-ThapaMatadata-1Matadata