धरान  : धरान वडा नं. १ को १ सय मत गणना हुदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन्।

१ सय मत गणना हुदा मेयरमा स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले ३३, गठवन्धनबाट नेपाली काँग्रसका किशोर राईले ३१, एमालेका मन्जु भण्डारीले १६ र राप्रपाका नरेश शाक्य (हलो) को ३ मत रहेको छ।

यसैगरी उपमेयरमा माओवादी केन्द्रका आईन्द्र बिक्रम बेघाले ३३, एमालेका पदम लिम्बुले १८, मत प्राप्त गरेका छन।

यसैगरी धरान-२ मा १०० मत गन्दा मञ्जु भण्डारीले २०, किशोर राईले ४०, हर्क साम्पाङले २५ र नरेश शाक्य (हलो)ले ५ मत प्राप्त गरेको छन् । उपमेयरमा आइन्द्र विक्रम बेघाले ४३,  पदम इस्बोले २६, राप्रपाले ३ तथा लौरोले ४ मत प्राप्त गरेका छन् ।