धरान : धरान उपमहानगरपालिकामा ३ सय मत गणना हुँदा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईको अग्रता रहेको छ । 

धरान १, २ र ३ नम्बर वडाको मत गणनाको क्रममा धरान स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङ दोस्रो स्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी तेस्रो स्थानमा रहेकी छिन् । 

अहिले सम्मको ३ सय मत गणना हुँदा मेयरमा नेपाली काँग्रेसका किशोर राईले १ सय १६, स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले ७९ र नेकपा एमालेका मञ्जु भण्डारीले ५३ मत प्राप्त गरेका छन् । 

त्यसै गरी उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र इन्द्रविक्रम बेघाले १ सय २५ र नेकपा एमालेका पदम इस्बो लिम्बुले ६७ मत प्राप्त गरेका छन् ।