धरान : धरान उपमहानगरपालिकामा १ हजार मत गणना हुँदा चार दलीय गठबन्धनतर्फबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईको अग्रता कायमै रहेको छ । 

धरान १, २ र ३ नम्बर वडाबाट सुरु भएको मत गणना अनुसार अहिले सम्म गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राईले ३३९ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङ्ले २७५ मत ल्याएर दोश्रो स्थानमा रहेका छन् भने नेकपा एमालेका मञ्जु भण्डारी सुबेदीले २०३ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् भने राप्रपाका नरेश शाक्य ३७ मत प्राप्त गरेका छन् । 

उपमेयर तर्फ पनि गठबन्धन तर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ३९३ मतका साथ अगाडी रहेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले २२७ मत प्राप्त गरेका छन् ।