धरान : धरान उपमहानगरपालिकामा २१ सय मत गणना हुँदा सम्मको मत परिणाम मेयर र उपमेयरमा गठबन्धनकै अग्रता देखिएको छ । 

धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले दिएको जानकारी अनुसार अहिले सम्म धरान-१ मा ७ सय, धरान-२ मा ८ सय र धरान-३ मा ६ सय गरी जम्मा २१ सय मत गणना सम्पन्न भएको छ । 

२१ सय मत गणना हुँदा गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले ८५६ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् भने स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले ५९४ मत प्राप्त गरेर दोस्रो स्थान कायम गरेका छन् । यसैगरी नेकपा एमालेका मञ्जु भण्डारी सुबेदीले ४६६ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् भने राप्रपाका नरेश शाक्यले ९२ मत प्राप्त गरेका छन् । 

यसैगरी उपमेयर तर्फ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले ८३६ मतका साथ अग्रस्थानमा रहेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले ४६६ मत राप्रपाका पूर्णमाया राईले १९९ मत र स्वतन्त्रका उम्मेदवार दत्तकुमार लिम्बुले १११ मत प्राप्त गरेका छन् ।  

धरानमा आज बिहान देखि सुरु भएको मतगणना रातभर पनि जारी रहने निर्वाचन अधिकृत पुष्करराज नेपालले बताए ।