धरान : धरानमा अहिले सम्म ३५ सय मत गणना भइसकेको छ । 

३५ सय मतगणना सम्पन्न हुँदा सम्म मेयरमा गठबन्धनको तर्फबाट किशोर राई र उपमेयरमा आइन्द्रविक्रम बेघाको अग्रता कायमै रहेको छ । मेयर तर्फ नेकपा एमाले भन्दा स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङ अगाडी रहेका छन् । 

अहिले सम्मको मत परिणामलाई हेर्ने हो भने गठबन्धनतर्फबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले १३४० मत प्राप्त गरेर अग्र स्थानमा रहेका छन् भने स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले ९२२ मतका साथ दोस्रो स्थानमा रहेका छन् । नेकपा एमालेका मञ्जु भण्डारीले ७०६ मत ल्याएका छन् । 

यसैगरी उपमेयर तर्फ पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले १४३९ मत ल्याएर अग्र स्थानमा रहेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले ८४४ मत प्राप्त गरेका छन् । 

धरान १,२, ३ नम्बर वडाबाट सुरु भएको मतगणनामा २ नम्बर वडाको मतगणना सकिएको बताइए पनि औपचारिकरुपमा घोषणा भने गरिएको छैन ।