धरान : धरान उपमहानगरपालिकामा ३९ सय मत गणना हुँदा मेयरका उम्मेदवार नेकपा एमालेकी मञ्जु भण्डारी भन्दा ७ सय मतान्तरले गठबन्धनबाट नेपाली काँग्रेसका किशोर राई अगाडी छन् । 

धरान १,२ र ३ नम्बर वडाको मत गणनाको क्रममा अहिले सम्म ३९ सय मत गणना भइसक्दा सम्म गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार किशोर राईले १४८९ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् भने स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले १०२८ मतका साथ दोस्रो स्थानमा रहेका छन् । नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले ७८९ मत प्राप्त गरेकी छिन् भने राप्रपाबाट नरेश शाक्यले १८७ मत प्राप्त गरेका छन् । 

यसै गरी उपमेयर तर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १६०३ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले ९३४ मत प्राप्त गरेका छन् भने राप्रपाका पूर्णमाया राईले २३५ मत प्राप्त गरेका छन् । 

धरान २ मा नेकपा एमालेका रमेश राई वडाध्यक्षमा विजयी 

हिजो देखि सुरु भएको मतगणना धरान २ को सकिएको छ । 

धरान २ बाट नेकपा एमालेका रमेश राई वडाध्यक्षमा ७४८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट काँग्रेसका उम्मेदवार सुधीरसिंह लिम्बुले ६२७ मत पाएका छन् । 

धरान २ को मतगणना सम्पन्न भए पछि अव धरान ४ को मतगणना गर्ने तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । 

Ramesh-Rai