इटहरी : इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसका हेम कर्ण पौडेलले अग्रता कामय राखेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार भएका पौडेलले सुरुवात देखी नै अग्रता लिएका हुन् । नेकपा एमालेका यामकुमार सुब्बाले उनलाई पछ्याई रहेका छन्।
वडा नम्बर २०, २, १ र १९ को ४९७८ गणना हुँदा पौडेलले २३४१ ल्याउँदा सुब्बाले १८२५ मत ल्याएका छन् । उता उपमेयरमा नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्ट पछाडि परेका छन् । नेकपा एमालेकी सङ्गीता चौधरीले १९६५ मत ल्याउँदा विष्टले १५१७ मत पाएका छन् । विष्ट ५ दलीय गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार हुन् ।