धरान : धरान-१ को मतगणना सम्पन्न भएको छ । 

धरान-१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षमा यज्ञमणि आचार्यले ७५७ मत प्राप्त गरेर विजयी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गरेका थिए । नेकपा एमालेका सुमन श्रेष्ठले १७७ र स्वतन्त्रबाट बिहानसिंह श्रेष्ठले ४७ मत प्राप्त गरेका छन् । 

यसै गरी वडा सदस्य तर्फ महिला सदस्यमा रहिसा कसजुले ८८९ मत, दलित महिला सदस्य रिता सुन्दासले ८६०, खुल्ला सदस्य तर्फ विनोद मानन्धरले ७८१ र उज्ज्वल बास्तोलाले ६९६ मत प्राप्त गरेर विजयी भएका छन् । 

३१५० मतदाता रहेको वडानं. १ मा १९३२ मत खसेको थियो ।