धरान : धरान-३ को मतगणना सम्पन्न भएको छ । 

धरान-३ वाट गठबन्धनबाट नेपाली काँग्रेसको प्यानललेनै विजयी हासिल गरेको छ । वडाध्यक्षमा गठबन्धनबाट विद्या शाक्यले १०८० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुयोग पाख्रिनले ६२५ मत प्राप्त गरेका छन् ।

यसै गरी महिला सदस्यमा उषा सुब्बा श्रेष्ठले १०४२, दलित महिला सदस्यमा शोभा विकले ५७५, खुल्ला वडा सदस्यमा मनिष खड्गीले ११०६, र मिङ्मा भोटे शेर्पाले ९९९ मत प्राप्त गरेर विजयी भएका छन् । 

धरान २ र ३ को मतगणना सम्पन्न भइसकेको र अहिले धरान ४ र ५ को मतगणना सुरु भएको छ। 

Matbibaran