धरान : धरानमा अहिले सम्म जारी मतगणना अनुसार  लोकतान्त्रिक बाम गठबन्धनबाट मेयर किशोर राई र उपमेयर आइन्द्र विक्रम बेघाले अग्रता कायमै राखेका छन् । 
अहिले सम्म धरानमा वडानं. १,२ र ३ नम्बर वडाको मत गणना सम्पन्न भइसकेको छ । अहिले धरान ४ र ५ को मतगणना जारी रहेको छ । अहिले सम्म गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले २८४९ मत प्राप्त गरेर अग्र स्थानमा रहेका छन् । स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले १९९३ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् । यसै गरी नेकपा एमालेका मञ्जु भण्डारी सुबेदीले १४३६ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । 
यसै गरी उपमेयरमा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले २९७९ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले १८६१ मत प्राप्त गरेका छन् ।