धरान : धरान उपमहानगरपालिकाको वडानं ७ मा नेकपा एमालेबाट जीवन सुबेदी फेरि पनि वडाध्यक्षमा निर्वाचित भएका छन् । दुई जना वडा सदस्य भने काँग्रेसबाट विजयी भएका छन् ।

मध्यराती घोषणा गरिएको परिणाम अनुसार नेकपा एमालेबाट जीवन सुबेदीले ६७९ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी सुवर्ण मोहन पलिखेलाई १०७ मतान्तरले हराएका हुन् । पलिखेले ५७२ मत प्राप्त गरेका छन् ।  सुबेदी यस भन्दा अघिका पनि वडाध्यक्ष हुन् । 

यसैगरि, वडा सदस्यमा एमालेबाट खुला सदस्यमा राजेश मोक्तान ५९३ मत ल्याएर विजयी भएका छन् भने दलित महिला सदस्यमा डे कुमारी विश्वकर्मा ६२४ मत ल्याएर विजयी भएकी छन् । महिला वडा सदस्यमा भने नेपाली काँग्रेसकी रमिता श्रेष्ठ ६२७ मत ल्याएर विजयी भइन् । यस्तै, खुला सदस्यतर्फ काँग्रेसका सुमिर बम्जन ६ सय मत ल्याएर विजयी भएका छन् । वडा नं ७ मा २१४६ मतदाता रहेकोमा १४५० मत खसेको थियो ।