धरान : धरान उपमहानगरपालिका वडानं ९ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । 

राति साढे ९ बजे घोषणा गरिएको अन्तिम मत परिणाम अनुसार धरान ९ मा कुल खसेको १६३६ मत गणना सम्पन्न हुँदा वडाध्यक्षमा नेपाली काँग्रेसका रुपेश आचार्य ८९७ मत प्राप्त गरी विजयी भएका छन् । यसै गरी उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शिव राईले ५४६ मत प्राप्त गरेका छन् । 

त्यसैगरी वडा सदस्य तर्फ महिला सदस्यमा नेपाली काङ्ग्रेसबाटै विन्दु कार्कीले ८३२, दलित महिला सदस्यमा अम्बिका विसुन्खेले ८४८, खुल्ला सदस्य तर्फ कृष्णबहादुर कार्कीले ७९८ र सरदरत्न पार्थिवले ७७९ मत प्राप्त गरी विजयी भएका छन् । 

धरान ९ बाट मेयरमा नेपाली काँग्रेसका किशोर राईले ५४६, स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५५९ र नेकपा एमालेका मञ्जु भण्डारीले २९१ मत प्राप्त गरेका छन् भने उपमेयरमा नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले ६१०, नेकपा एमालेका पदम इस्बोले ४९१ मत प्राप्त गरेका छन् ।

Mat-Bibaran