धरान : धरानको पछिल्लो मतगणना अनुसार गठबन्धनबाट मेयर र उपमेयरकै अग्रता कायमै रहेको छ । 

राति पौने ११ बजे सम्ममा धरानका ७ वटा वडाको मत गणना भइसक्दा सम्मको कुल मत परिणाम अनुसार गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार किशोर राईले ६५३५ मतका साथ अग्रस्थानमा रहेका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५९५६ मतका साथ दोस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेका मञ्जु भण्डारी सुबेदीले ५६११ मत प्राप्त गरेकी छिन् । मेयर पदको मतान्तरलाई हेर्ने हो भने किशोर राई र हर्क साम्पाङको मतान्तर ५७९ रहेको छ । हर्क साम्पाङ र मञ्जु भण्डारी सुबेदी बिच ३४५ को मतान्तर रहेको छ भने मञ्जु भण्डारी सुबेदी र किशोर राईको मतान्तर ९२४ रहेको छ ।

यसैगरी उपमेयरमा गठबन्धनबाट उपमेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ७३१८ र नेकपा एमालेका पदम इस्बो लिम्बुले ७०७३ मत प्राप्त गरेका छन् । बेघा र लिम्बु बिच २४५ मतान्तर रहेको छ ।