विराटनगर : मोरङमा नेकपा एमालेको विजय जुलुसमा सहभागी हुन गएका स्थानीय ट्याक्टर दुर्घटनामा परी घाइते भएका छन्। 

सुनवर्षी नगरपालिका-६ स्थित सिटौला टोलमा एमालेको विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना परेको हो । घटनामा १३ जना घाइते भएको प्रहरीले जनाएको छ। को २ च १४३७ नम्बरको ट्याक्टर पल्टँदा भएका घाइतेको विराटनगरमा उपचार भइरहेको छ । तीमध्ये २६ वर्षीय जलन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बाँकी घाइते भने सामान्य उपचारपछि घर फर्किएका छन्।