धरान : धरान-१२ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । 

धरान-१२ को वडाध्यक्षमा टङ्क राईले ८१५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णु तामाङले ६५१ मत प्राप्त गरेका छन् । 

यसैगरी वडा सदस्य तर्फ महिला सदस्यमा चुन्नु थापा मगरले ७९२, दलित महिला सदस्यमा शान्ति देवी त्रिखत्रीले ७८९, खुल्ला सदस्यमा विनीता बज्राचार्यले ७३१ र ब्रम्हाज्ञ भट्टराईले ८४३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । 

धरान-१२ बाट मेयरमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका किशोर राईले ६११, स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ४६१ र नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले ४०० मत प्राप्त गरेकी छिन् । यसैगरी उपमेयरमा गठबन्धनका तर्फबाट आइन्द्र विक्रम बेघाले ५६२ र नेकपा एमालेका पदम इस्बो लिम्बुले ५५१ मत प्राप्त गरेका छन् ।