धरान : धरान-८ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। 
निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार अध्यक्षमा नेकपा एमालेका धनबहादुर राईले १७२५ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उत्तम कुमार राईले ९०८ मत प्राप्त गरेका थिए । 
यसैगरी महिला सदस्यमा देवी लामा पाख्रिनले १६७८, दलित महिला सदस्यमा सावित्री परियारले १७१७, खुल्ला सदस्य तर्फ देवीप्रसाद पोखरेलले १६०५ र रवीन्द्र श्रेष्ठले १६५१ मत प्राप्त गरेर विजयी भएका छन् । 
धरान-८ बाट मेयरमा सबै भन्दा बढी स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १८२२ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ९९१ र गठबन्धनबाट नेपाली काँग्रेसका किशोर राईले ९४४ मत प्राप्त गरेका छन् ।