धरान : धरानमा पछिल्लो मत गणना अनुसार स्वतन्त्रका मेयरका उम्मेदवार हर्क साम्पाङले गठबन्धनका मेयरका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईसँग ५ सय मतले अग्रता कायम गरेका छन् ।

बिहीबार राति साढे ९ बजे सम्म ३३९७३ मत गणना हुँदा सम्म स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १०००१ मत प्राप्त गरी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईभन्दा ५ सय मतान्तरले अगाडी रहेका छन् । 

अहिले सम्म गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले ९५०१ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा रहेका छन् । यसै गरी नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले ७६७८ मत प्राप्त गरेकी छन् । 

यसै गरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले १०८३३ मत प्राप्त गरी अग्रस्थान कायम गर्न सफल भएका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले १०३२८ मत प्राप्त गरेका छन् । 

धरान-१४ मा ५ सय मत गणना हुँदा राप्रपाको अग्रता कायमै 

धरान १४ मा ५ सय मत गणना हुँदा अहिले सम्म राप्रपाबाट वडाध्यक्षका उम्मेदवार कृष्णप्रसाद भट्टराईले २११ मत प्राप्त गरी नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार उत्तम आले मगर भन्दा ५१ मतले अगाडी रहेका छन् । नेकपा एमालेका उत्तम आले मगरले १६० मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार श्याम श्रेष्ठले ७३ मत प्राप्त गरेका छन् । 

धरान-११ मा १२ सय मतगणना हुँदा १७ मतले काँग्रेसको अग्रता 

धरान ११ मा यो समाचार तयार पारुन्जेल सम्म १२ सय मत गणना भएको छ । १२ सय मत गणना हुँदा धरान ११ को वडाध्यक्षमा नेपाली काँग्रेसका लोकेन्द्र फागोले ३२८ मत प्राप्त गरेर अग्र स्थानमा रहेका छन् भने नेकपा एमालेका किरण राईले ३११ र माओवादी केन्द्रका जितराज राईले १६० मत प्राप्त गरेका छन् ।