धरान : धरानमा अहिले सम्म ३९६९७ मत गणना सम्पन्न भएको छ । 

निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको पछिल्लो जानकारी अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १२०८३ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन् भने गठबन्धनबाट नेपाली काँग्रेसका किशोर राईले १०८२१ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् । नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ८८२६ मत प्राप्त गरेकी छिन । 

यसैगरी उपमेयर तर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्र विक्रम बेघाले १२४४५ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले ११८५२ मत प्राप्त गरेका छन् । 

अहिले सम्मको मत गणनाको परिणामलाई हेर्ने हो भने किशोर राई भन्दा हर्क साम्पाङले १२६२ मतले अग्रता कायम गरेका हुन् । मञ्जु र किशोर बिच १९९५ मतान्तर रहेको छ भने मञ्जु र हर्क बिच ३२५७ मतान्तर रहेको छ ।