धरान : धरान उपमहानगरपालिकाको शुक्रवार राति १० बजे सम्मको मत परिणाम अनुसार ४१९८४ मत गणना सम्पन्न भएको छ । 

निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले दिएको जानकारी अनुसार राति १० बजे सम्ममा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १३०३५ मत प्राप्त गरेर गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका किशोर राई भन्दा १७२९ मतले अग्रता कायम गरेका छन् । किशोर राईले ११३०६ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले ९२१० मत प्राप्त गरेकी छिन् । 

यसैगरी उपमेयर तर्फ गठबन्धनबाट नेकपा माओवादीका आइन्द्र विक्रम बेघाले १३२२१ मत प्राप्त गरेर अग्रस्थान कायम गरेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले १२४१८ मत प्राप्त गरेका छन् । 

धरान १५ को ६०० मत गणना र धरान २० को सहितको परिणाम भएको सहायक निर्वाचन अधिकृत खतिवडाले बताए । 

यो समाचार तयार पारुन्जेल सम्ममा धरान १५, ११ को २ समूहमा र धरान १३ को मतगणना जारी रहेको थियो ।