धरान : धरान उपमहानगरपालिकाको  बिहान ७ बजे सम्मको मतगणना अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले गठबन्धनबाट नेपाली काँग्रेसका किशोर राईसँग २०६४ मतले मतान्तर बढाएका छन् । 

सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले दिएको जानकारी अनुसार बिहान ७ बजे सम्ममा मत गणना सकिएका वडाहरू १,२,३,४, ५,६,७,८,९,१०,१२,१४,१८र १९ नम्बर वडा सहित वडा नं ११ को ५५३९ सबै  मत वडा नं १३ को २८०० वडा नं १५ को १००० मत  वडा नं २० को १३१० मत गणना गर्दा सम्म मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १३६३१ मत प्राप्त गरेर गठबन्धनबाट नेपाली काँग्रेसका किशोर राईसँग २०६४ मतका साथ फराकिलो मतान्तर कायम गरेका हुन् । किशोर राईले ११५६७ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले ९४४३ मत प्राप्त गरेकी छिन् । 

उपमेयर तर्फ गठबन्धनबाट नेकपा माओवादीका आइन्द्र विक्रम बेघाले १३६६७ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले १२७५४ मत प्राप्त गरेका छन् ।  

अहिले धरान-१५ र १६ को मतगणना जारी रहेको छ भने १७ नम्बर वडाको गणना गर्न बाकी रहेको छ ।