धरान : धरान उपमहानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ गठबन्धनबाट नेपाली काँग्रेसका किशोर राई भन्दा २६६७ मतले अगाडी रहेका छन् । 
हर्क साम्पाङले १५०७७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् भने  किशोर राईले १२ हजार ४१० मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुबेदीले १० हजार ११२ मत प्राप्त गरेकी छिन् । 
यसैगरी उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १४९७९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् भने नेकपा एमालेका उम्मेदवार पदम इस्वोले १३ हजार ७२६ मत प्राप्त गरेका छन् । अहिले वडा १५ र १६ को गणना भइरहेको छ भने १७ को गणना गर्न बाँकी छ ।
Mat Parinam