धरान : धरान उपमहानगरपालिकाको पछिल्लो मत गणनाको परिणाम अनुसार मेयरमा स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले २८४४ मतले गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईसँग मतान्तर बढाएका छन् । 

निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले दिएको जानकारी अनुसार अहिले सम्म ५० हजार १ सय ९ मत गणना भएकोमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १६०२६ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन् ।

उनले गठबन्धनबाट नेपाली काँग्रेसका किशोर राईलाई २८४४ मतले पछि पारेका छन् । नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीलाई ५४०४ मतले पछि पारेका छन् । किशोर राईले १३१८२ र नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले १०६२२ मत प्राप्त गरेका छन् ।  

यसैगरी उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १६०७९ र नेकपा एमालेका पदम इस्बो लिम्बुले १४४३१ मत प्राप्त गरेका छन् ।

धरानमा अहिले सम्म १,२,३,४,५,६,७,८,९,१०,११,१२,१३,१४,१८, १९ र २० नं वडा सहित  वडा नं १५ को ४८०० वडा नं १६ को १००० मत  वडा नं २० को १३१० मत सहितको गणनामा यस्तो मत परिणाम आएको सहायक निर्वाचन अधिकृत खतिवडाले बताए ।