चतरा : वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बुधवारदेखि पदभार ग्रहण गरे सँगै पाँच बुँदे निर्णय गरेका छन्। मेयर कार्कीले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन्।
यस्तै, वराहक्षेत्र नगरपालिका क्षेत्रका महिलाहरूलाई नवजात शिशु पोषण अन्तर्गत दुई हजार पाँच सय उपलब्ध गराउने निर्णय गरिएको छ। सरकारले लागू गरेको सुत्केरी बिदामा बसेका शिक्षिकाहरूको स्थानमा ९८ दिन सट्टा शिक्षिकाको व्यवस्था गर्ने, त्यस्तै ७५ वर्ष पूरा भएका ज्येष्ठ नागरिकहरूको घरमै पुगेर ३-३ महिनामा स्वास्थ्य परीक्षण र नगर बाहिर प्रसूति गराउन एम्बुलेन्सको व्यवस्था गर्ने २५ सय रकम उपलब्ध गराउने निर्णय गरेका छन्।
बुधवार नगर प्रमुख कार्कीले नगर उपप्रमुख नन्दकुमारी राई, वडाध्यक्षहरू र वडा सदस्यहरूलाई समेत शपथ ग्रहण गराएका छन्।