धरान : धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले बिहीबार धरानको भानुचौकमा आफै झाडु लिएर सरसफाइ अभियानमा सहभागी भएका छन् । 

मेयर साम्पाङ्ले बुधवार आफ्नो फेसबुकमा सरसफाईका लागि झाडु बोकेर भानुचौक आउन नगरबासीलाई आव्हान गरेका थिए। सोही आव्हान अनुसार बिहीबार ३ बजे मेयर साम्पाङका समर्थक र मेयर आफै धरानको भानुचौक पुगेर सरसफाइ अभियानमा सहभागी भएका थिए । 

Sarsafaima-harka-2मेयर राईले पदभार ग्रहण गरेको दोस्रो दिन धरानको खानेपानी मुहान पुगेर अनुगमन गरेका थिए भने तेस्रो दिन धरानको मुख्य चौक भानुचौकको फोहर सफा गर्न आफै झाडु लिएर उपस्थित भए । उनले आफ्नो फोहोर आफै व्यवस्थापन गरौँ र गुट्खा खाएर जथाभाबी नफाल्न आग्रह गरे । 

६ महिनाको अवधिमा धरानलाई सफा सहरकोरुपमा घोषणा गर्ने आफ्नो सङ्कल्प रहेको बताउँदै मेयर राईले सडकको ड्रेनमा चाउचाउको खोल, पानीको बोतल, बियरको बोतल जथाभाबी फालिएकोले गर्दा ड्रेनमा राम्रोसँग पानी बग्न नपाउँदा लामखुट्टे बढेको दाबी गरे ।

उनले आफ्नो यो अभियान हिजो अभियन्ता मात्रै हुँदा प्रभावकारी नभएको र अव स्थानीय सरकार प्रमुख भएकोले आफ्नो अभियान प्रभावकारी हुने बताए । धरानलाई परिवर्तन गर्न र सफा सुन्दर बनाउनका लागि सम्पूर्ण संयन्त्रको प्रयोग गर्ने पनि बताए । उनले भने ' अभियानमा आम धरानवासीको साथ सहयोगको अपेक्षा गर्दछु।' 

Sarsafaima-harka-1मेयर साम्पाङ विहिबारनै धरानको चारकोशे जङ्गलबाट ल्याइएको भूमिगत खानेपानीको वेल र सिस्टमको अनुगमन पनि गरेका छन् । उनले आफ्नो फेसबुकमा पानीको सिस्टम अत्यन्तै जीर्ण रहेको र बिग्रेको अवस्थामा आफूले अनुगमनको क्रममा देखेको बताउँदै यी सबै समस्याले आफूलाई पर्खिरहेको पनि भिडियो लाइभमा भनेका छन् । उनले खानेपानी वेलहरुमा व्यापक सुधार गर्नु पर्ने देखिन्छ । मर्मत सम्भारमा तीव्रता ल्याउन निर्देशन दिएको छु । युद्ध स्तरमा काम हुनेछ भनेर पनि आफ्नो फेसवुक पेजमा उल्लेख गरेका छन् ।

Sarsafaima-harka-4