धरान : इटहरी उपमहानगरपालिका-९ र ६ को सिमामा रहेको एकता टोलको एक घरमा बिहान चितुवा फेला परेको छ ।

जुटबिकास नजिकै रहेको मनोहर कार्कीको घरमा बिहान देखा परेको चितुवा अहिले अर्को घरमा सरेको छ । बिहान देखा परेको चितुवा अहिले सम्म नियन्त्रणमा आउन नसक्दा चितुवा हेर्नेको ठुलो भिड लागेको छ । चितुवा एउटा घरको कम्पाउन्ड भित्रको एउटा चेपमा लुकेर बसेको बताइएको छ । अहिले सम्म चितुवालाई नियन्त्रणमा लिन नसक्दा स्थानीयवासी त्रसित भएका छन् ।

चितुवा नियन्त्रण र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी, सशस्त्र प्रहरी, जिल्ला वन कार्यालयका कर्मचारीहरू अहिले खटिएका छन् । चितुवा हेर्नेहरूको भीडलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट चितुवा नियन्त्रणकालागि जाली सहितको विज्ञ टोली बोलाइएको बताइएको छ । चितुवा देखा परेको स्थानमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल पनि पुगेका थिए ।  

Chituwa-Herne-ko-bhid-3Chituwa-Herne-ko-bhid-2Chituwa-Herne-ko-bhid-4Chituwa-Herne-ko-bhid-1Chituwa-Herne-ko-bhid