धरान : धरान उपमहानगरपालिकामा असार १ गते देखि ५ गते सम्म कोरोना विरुद्धको बुस्टर डोज लगाईदैछ । 

धरान उपमहानगरपालिकाले दिएको जानकारी अनुसार १२ वर्ष देखि माथिका उमेर समूहकाले दोस्रो खोप लगाएको तीन महिना पुरा भएको छ भने मोर्डना वा फाईजर खोप बुस्टर डोजकोरुपमा लगाउन पाईने छ । 

धरानका विभिन्न १४ स्थानबाट ५ दिन खोप अभियान सञ्चालन हुने र यसका लागि तोकिएको खोप केन्द्रमा बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाउन सकिनेछ । यस भन्दा अघि कुनै पनि कोरोना विरुद्धको खोप नलगाएकाले पहिलो मात्राकोरुपमा पनि खोप लगाउन पाईने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । यो सँगै दोस्रो र बुस्टर डोज यस भन्दा अघि जुनै खोप लगाउनेले पनि लगाउन पाउनेछन् । 

Covide-19-Khop-1

धरानमा जेठ २५ गते देखि अहिले सम्म मोर्डना खोप पहिलो, दोस्रो र बुस्टर डोज गरी करिब ११ हजार जनाले लगाइसकेको स्वास्थ्य महाशाखाले जनाएको छ । अव असार १ देखि ५ गते सम्ममा धरानमा ३० हजार जनालाई पहिलो, दोस्रो र बुस्टर डोज लगाइने लक्ष रहेको बताइएको छ । दोस्रो र बुस्टर डोज खोप लगाउन जानेले अनिवार्य यस भन्दा अघिको खोप कार्ड लिएर खोप केन्द्र गएर खोप लगाउन सकिनेछ । 

List